सार्वजनिक बिदाको समयमा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन आग्रह

सार्वजनिक बिदाको समयमा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन आग्रह : Icon Khabar

काठमाडौं, भदौ १८ । नेपाल चिकित्सक संघ (एनएमए) ले सार्वजनिक विदाको समयमा पनि बहिरङ (ओपिडी) सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

संघका महासचिव डा. सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन ओपिडी सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ सेवालगायतका सेवाहरु अरु दिनजस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो । सोही ध्यानाकर्षणको आधारमा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिन सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरङ सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय फिर्ता लिन संघले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मी दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Published Date: 03 September 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग