सार्वजनिक बिदाको समयमा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन आग्रह

सार्वजनिक बिदाको समयमा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन आग्रह : Icon Khabar

काठमाडौं, भदौ १८ । नेपाल चिकित्सक संघ (एनएमए) ले सार्वजनिक विदाको समयमा पनि बहिरङ (ओपिडी) सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

संघका महासचिव डा. सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन ओपिडी सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ सेवालगायतका सेवाहरु अरु दिनजस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो । सोही ध्यानाकर्षणको आधारमा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिन सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरङ सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय फिर्ता लिन संघले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मी दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित