उपचुनावमा कसैसँग तालमेल हुँदैन : प्रधानमन्त्री ओली

उपचुनावमा कसैसँग तालमेल हुँदैन : प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आज (मंगलबार) पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका हुन् । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो । त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ’, ओलीको भनाइ उधृत गर्दै एक जना पोलिट्ब्यूरो सदस्यले भने ।

ओलीले उपचुनावबाटै दलहरू एक्ला एक्लै प्रतिस्पर्धा गर्ने अवस्था बनाइने बताए । एमालेका ती पोलिट्ब्यूरो सदस्यका अनुसार ओलीले एमालेले एक्लै लडेर जित्न सरकारले गरिरहेको राम्रो कामको प्रचार र संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिएका छन् ।

Published Date: 03 September 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग