मंगलबार नेप्से परिसूचक ६.९४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६.९४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ १८ । मंगलबार नेप्से परिसूचक ६.९४ अंक बढेर २८३०.२० विन्दुमा पुगेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक र फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आज गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 03 September 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग