मंगलबार नेप्से परिसूचक ६.९४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६.९४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ १८ । मंगलबार नेप्से परिसूचक ६.९४ अंक बढेर २८३०.२० विन्दुमा पुगेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक र फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आज गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित