मोटो मानिसलाई लाग्न सक्छ हर्नियादेखि डिप्रेसनसम्मको रोग

मोटो मानिसलाई लाग्न सक्छ हर्नियादेखि डिप्रेसनसम्मको रोग : Icon Khabar

काठमाडौँ, भदौ १८ । मोटोपना विश्वभर समस्याको रुपमा देखिइरहेको छ। शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ। यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ।

डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ। यसका साथै बढी मोटोपना प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ। यसका कारण यदि तपाईं मोटोपनाको शिकार हुनु भएको छ भने चाँडै मोटोपना काम गर्ने उपाय सोचिहाल्नुहोस्। मोटोपनाले निम्त्याउने रोगहरु :

जोर्नीको समस्या
मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरु जोर्नी दुख्ने शिकार हुन्छन्। उनीहरुलाई उठदा या बस्दा असैह्या पीडा हुन्छ। साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ।

मुटु रोग
मोटोपनाका कारण मुटु रोगको खतरा दुइ गुणा हुन्छ। तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढंगले रगत आपूर्ति गर्न सक्षम हुदैंन। जसबाट हृदयाघात हुने सम्भावना बढ्छ। यसका अलावा मुटुका आसपास धमनीमा बोसो जम्मा हुन्छ। शरीरमा बोसोको मात्रा अधिक हुँदा सोडियम जम्मा हुन्छ र रगतमा दबाब बढ्छ। जुन मुटुका लागि हानिकारक हुन्छ र मुटु रोगको खतरा बढ्छ।

मधुमेह
मोटोपनाका कारण तपाईं मधुमेहको शिकार हुन सक्नुहुन्छ। जब तपाईं खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ। तपार्ई मोटोपनाको शिकार हुनुहुन्छ। यसकारण तपाईंलाई मधुमेह हुने खतरा बढ्छ।

डिप्रेसन
मोटोपनाका कारण मानिस डिपे्रेसनको शिकार पनि हुन्छ। मानिसमा नकारात्मक सोच हावी हुन्छ। हरक्षण दुःखी हुन्छ। कहिलेकाही त आत्महत्या गर्ने कोशिस पनि गर्न सक्छ। क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन्। यदि तपाईं यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईंकहाँ आउनेछ।

क्यान्सर
स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो। हालै भएको एक अनुसन्धानमा के पत्ता लागेको छ भने विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ। मोटोपनाका कारण सबैभन्दा बढी स्तन र कोलोन क्यान्सर हुने सम्भावना हुन्छ। यसका साथै प्यांक्रियाटिक र ओएसोफ्यागस क्यान्सर पनि हुने सम्भावना हुन्छ। यी दुवै क्यान्सरबाट बाँच्ने सम्भावना निकै कम हुन्छ।

हर्निया
हर्नियाको मुख्य कारण हो मोटोपना। मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईं हर्नियाको शिकार हुन्छ। तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ।

Published Date: 03 September 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने