सडक दुर्घटना नियन्त्रण गर्न सुरुङ् मार्ग र रोपवे सञ्चालन गर्नुपर्छ: सांसद सुवाल

सडक दुर्घटना नियन्त्रण गर्न सुरुङ् मार्ग र रोपवे सञ्चालन गर्नुपर्छ: सांसद सुवाल : Icon Khabar

काठमाडौँ, भदौ १२ । नेपाल मजदूर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले देशभरि बढिरहेको सडक दुर्घटना नियन्त्रण गर्न हिमाल, पहाडमा सुरुङ् मार्ग र रोपवे सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सुवालले नेपालमा सुरुङ् मार्ग र रोपवे सञ्चालन गर्न जोड दिए। उनले दलहरूको सङ्ख्या महत्वपूर्ण नभएको तर पार्टी र नेताहरूको क्रान्तिकारी विचार महत्वपूर्ण भएको पनि बताए। नेपाली काङ्ग्रेसले कम्युनिस्ट दाबी गरेका माओवादी र एमालेहरूलाई बिरालोले मुसालाई जस्तै खेलाएको गम्भीर विषय भएको बताए।

Published Date: 28 August 2024


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली