वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा जम्मा ६५९ विदेशी पर्यटक नेपाल प्रवेश

वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा जम्मा ६५९ विदेशी पर्यटक नेपाल प्रवेश : Icon Khabar

वीरगन्ज, माघ २२ । पर्साको वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा ६५९ विदेशी पर्यटक मात्र नेपाल प्रवेश गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पर्यटन प्रहरी कार्यालय वीरगन्जका अनुसार २०२२ जनवरीदेखि २०२३ जनवरीसम्म वीरगन्ज नाकाबाट ६५९ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने ५५० विदेशी पर्यटक बाहिरिएका छन् ।

पर्यटन प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले मौसम र घुमफिरको सिजन उपयुक्त भएकाले कात्तिक, नोभेम्बर, डिसेम्बर र जनवरीमा अन्य महिनाको तुलनामा पर्यटकको चाप बढी हुने बताए ।

कार्यालयको तथ्यांकअनुसार गत महिना मात्रै वीरगन्ज हुँदै १ सय २ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने १ सय २४ जना बाहिरिएका छन् । भारतका विभिन्न सहर घुमेर अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, क्यानडालगायतका मुलुकबाट बढी पर्यटक वीरगन्ज नाका हुँदै नेपाल आउने गरेको महतोले बताए ।

वीरगन्ज हुँदै नेपाल आउने पर्यटकलाई असुविधा वा ठगी हुन नदिन जनचेतना जगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगन्जले गरिरहेको इन्स्पेक्टर महतोले बताए । वीरगन्ज अध्यागमन कार्यालयले भारतको रक्सौल हुँदै वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अन अराइभल भिसा जारी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट