वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा जम्मा ६५९ विदेशी पर्यटक नेपाल प्रवेश

वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा जम्मा ६५९ विदेशी पर्यटक नेपाल प्रवेश : Icon Khabar

वीरगन्ज, माघ २२ । पर्साको वीरगन्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षमा ६५९ विदेशी पर्यटक मात्र नेपाल प्रवेश गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पर्यटन प्रहरी कार्यालय वीरगन्जका अनुसार २०२२ जनवरीदेखि २०२३ जनवरीसम्म वीरगन्ज नाकाबाट ६५९ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने ५५० विदेशी पर्यटक बाहिरिएका छन् ।

पर्यटन प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले मौसम र घुमफिरको सिजन उपयुक्त भएकाले कात्तिक, नोभेम्बर, डिसेम्बर र जनवरीमा अन्य महिनाको तुलनामा पर्यटकको चाप बढी हुने बताए ।

कार्यालयको तथ्यांकअनुसार गत महिना मात्रै वीरगन्ज हुँदै १ सय २ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने १ सय २४ जना बाहिरिएका छन् । भारतका विभिन्न सहर घुमेर अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, क्यानडालगायतका मुलुकबाट बढी पर्यटक वीरगन्ज नाका हुँदै नेपाल आउने गरेको महतोले बताए ।

वीरगन्ज हुँदै नेपाल आउने पर्यटकलाई असुविधा वा ठगी हुन नदिन जनचेतना जगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगन्जले गरिरहेको इन्स्पेक्टर महतोले बताए । वीरगन्ज अध्यागमन कार्यालयले भारतको रक्सौल हुँदै वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अन अराइभल भिसा जारी गर्छ ।

Published Date: 05 February 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता