भारत बिहारमा नेपालीहरु सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते

भारत बिहारमा नेपालीहरु सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते : Icon Khabar

काठमाडौं, भदौ ९ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

एसएपी सञ्जय पाण्डेका अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता