साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेलमा आज नेपालले भुटानको सामना गर्दै

साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेलमा आज नेपालले भुटानको सामना गर्दै : Icon Khabar

काठमाडौं, भदौ ९ । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेल आइतवारदेखि प्रारम्भ हुँदैछ । सेमीफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि प्रारम्भ हुनेछ ।

यो प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुँदै सेमीफाइनल खेल्दैछ । नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमीफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमीफाइनल खेल भारत र बंगलादेशबीच सोमवार हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधवार हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने