साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेलमा आज नेपालले भुटानको सामना गर्दै

साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेलमा आज नेपालले भुटानको सामना गर्दै : Icon Khabar

काठमाडौं, भदौ ९ । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमीफाइनलका खेल आइतवारदेखि प्रारम्भ हुँदैछ । सेमीफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि प्रारम्भ हुनेछ ।

यो प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुँदै सेमीफाइनल खेल्दैछ । नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमीफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमीफाइनल खेल भारत र बंगलादेशबीच सोमवार हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधवार हुने तालिका रहेको छ ।

Published Date: 25 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड