बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु

बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु : Icon Khabar

काठमाडौँ, भदौ ९ । अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८ बन्देउ डाँडा स्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोसहित रुख ढली बाटो अवरोध भएकोमा स्थानीय पालिका, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोसँगै आएको रुखका कारण अवरुद्ध भएको जिरोकिलो मेलम्ची सडक खण्डसमेत स्थानीय तह, प्रहरी, सडक विभाग र स्थानीयबासीको सहयोगमा बिहान ८ बजेदेखि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।

Published Date: 25 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड