बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु

बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु : Icon Khabar

काठमाडौँ, भदौ ९ । अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८ बन्देउ डाँडा स्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोसहित रुख ढली बाटो अवरोध भएकोमा स्थानीय पालिका, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोसँगै आएको रुखका कारण अवरुद्ध भएको जिरोकिलो मेलम्ची सडक खण्डसमेत स्थानीय तह, प्रहरी, सडक विभाग र स्थानीयबासीको सहयोगमा बिहान ८ बजेदेखि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने