शुक्रबार सुनको भाउ तोलामा ५०० सय रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ तोलामा ५०० सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ७ । सुनको भाउ आज तोलामा ५०० सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९३.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२९ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 23 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै