थाइल्यान्डमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

थाइल्यान्डमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, भदौ ७ । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङ्साओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेपछि खोजी तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताए। थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्ण भूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो । – सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2024
Website | + posts