रोनाल्डोले गोल गरेपनि अल नासर बराबरीमा रोकियो

रोनाल्डोले गोल गरेपनि अल नासर बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, भदौ ७ । पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ ।

सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा भएको छ।

रइदका मोहम्मद फौजाइरले ४९ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।–एजेन्सी

Published Date: 23 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास