रोनाल्डोले गोल गरेपनि अल नासर बराबरीमा रोकियो

रोनाल्डोले गोल गरेपनि अल नासर बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, भदौ ७ । पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ ।

सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा भएको छ।

रइदका मोहम्मद फौजाइरले ४९ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।–एजेन्सी

Published Date: 23 August 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक