परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै : Icon Khabar

काठमाडौं, भदौ २ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आरजु नयाँदिल्ली जान लागेकी हुन् ।

भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ ।

Published Date: 18 August 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली