रुसमा ७ म्याग्निच्युडको भूकम्प, भूकम्पपछि ज्वालामुखी विस्फोट

रुसमा ७ म्याग्निच्युडको भूकम्प, भूकम्पपछि ज्वालामुखी विस्फोट : Icon Khabar

रुस, भदौ २ । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो ।

सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् ।

रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन ।

Published Date: 18 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै