आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २ । साताको पहिलो कारोबार दिन आइतबार घरेलु बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ ।

यसदिन सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेर कीर्तिमानी कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८१० रुपैयाँमा कायम भएको छ । शुक्रबार दिन यसको मूल्य प्रतितोला १ हजार ७६० रुपैयाँ कायम थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ८३० रुपैयाँ तोकेको छ ।त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने