आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २ । साताको पहिलो कारोबार दिन आइतबार घरेलु बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ ।

यसदिन सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेर कीर्तिमानी कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८१० रुपैयाँमा कायम भएको छ । शुक्रबार दिन यसको मूल्य प्रतितोला १ हजार ७६० रुपैयाँ कायम थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ८३० रुपैयाँ तोकेको छ ।त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५२ रुपैयाँ रहेको छ ।

Published Date: 18 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै