बंगलादेशमा खाद्यान्नको मूल्य बृद्धि उच्च

बंगलादेशमा खाद्यान्नको मूल्य बृद्धि उच्च : Icon Khabar

ढाका, साउन ३० । बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ ।

यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बंगलादेशको तथ्यांक विभाग (बीबीएस) ले जनाएको छ । मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्यांकले जनाएको छ ।

गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ । जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बंगलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2024
Website | + posts