बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ३० । मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार पुनः ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोकार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ३५ मा झरेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2024
Website | + posts