देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ पुग्यो

देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ पुग्यो : Icon Khabar

काठमाडौँ, साउन २६ । देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना सङ्क्रमित सङ्ख्या पुगेको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । यस्तै एक जनाको मृत्यु पनि भइसकेको छ ।

तनहुँमा सात सय ५४ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, दोस्रोमा बढी डेंगु सङ्क्रमित भएको जिल्ला काठमाडौँ हो । यहाँ ३ सय ७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, कास्कीमा १६६ जनामा, झापामा १३५ जनामा र चितवनमा १३० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मकवानपुरमा ८४ जना, भोजपुरका ७५ जना, गोरखाका ७२ जना डेंगु भएको छ । काभ्रेपाल्चोक र पाल्पाका ७१÷७१ जनामा डेंगु देखिएको छ । यी दश जिल्ला सबै भन्दा बढी डेंगु भएको जिल्ला रहेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

Published Date: 10 August 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु