देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ पुग्यो

देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ पुग्यो : Icon Khabar

काठमाडौँ, साउन २६ । देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना सङ्क्रमित सङ्ख्या पुगेको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । यस्तै एक जनाको मृत्यु पनि भइसकेको छ ।

तनहुँमा सात सय ५४ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, दोस्रोमा बढी डेंगु सङ्क्रमित भएको जिल्ला काठमाडौँ हो । यहाँ ३ सय ७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, कास्कीमा १६६ जनामा, झापामा १३५ जनामा र चितवनमा १३० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मकवानपुरमा ८४ जना, भोजपुरका ७५ जना, गोरखाका ७२ जना डेंगु भएको छ । काभ्रेपाल्चोक र पाल्पाका ७१÷७१ जनामा डेंगु देखिएको छ । यी दश जिल्ला सबै भन्दा बढी डेंगु भएको जिल्ला रहेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2024
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित