मण्डला धिमे खलको आयोजनामा प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

मण्डला धिमे खलको आयोजनामा प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २६ । मण्डला धिमे खलको आयोजनामा मण्डला धिमे खलद्वारा आयोजित तीन महीने धिमे बाजा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थी तथा पिस्वकागु नेपाल भाषा साहित्य तमुन्ज्यामा प्रस्तुत मण्डल धिमे खलको धिमे प्याखंका कलाकारहरुलाई प्रमाण पत्र वितरण तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्षले हाम्रो समाजमा रहेका बाजा खल:हरुले हाम्रो समाज र नयाँ पुस्ताका लागि संस्कृति संरक्षण गर्नुपर्ने कुरा मा जोड दिदै देशका युवा जनशक्ति स्वदेशमै स्वरोजागार बन्ने प्रयास गर्नु पर्ने बताए । साथै यस्तो बाजा खलमा सहभागी भएर युवा विद्यार्थीहरू कुलतबाट टाढा रहने कुराका साथै भक्तपुर नगरपालिकाले आफ्नो घोषणा पत्रमा उलेख् भए अनुसार विभिन्न तालिमहरुहरु आयोजना भइरहेको पनि जानकारी दिए ।

त्यस्तै गरी कार्यक्रमको अतिथि मित्र संस्था ख्वप नेवा:खल:का संस्थापक अध्यक्ष उज्ज्वल ह्योंगोजूले युवा विद्यार्थीहरुले राष्ट्रिय अन्तराष्ट्रिय समसमायिक विषयमा जानकार हुन आग्रह गर्दै बाजा खलले बाजाका साथसाथै प्रशिक्षार्थीहरु लाई संस्थागत व्यतित्व निर्माण गर्नुपर्नेमा जोड दिए । जल्दोबल्दो विषय बंगलादेशको आन्दोलन बारे उनले बताए। यस्तो सांस्कृतिक संस्थाहरू लाई कुनै पनि भ्रष्टाचारी र विदेशी दलालहरुको लागि प्रयोग हुन दिन नहुने बताउँदै मण्डला धिमे खल:र खव्प नेवा: खल:को मित्रता सदैव समाज हितको लागि रहने बताए।

मण्डला धिमे खल:को अध्यक्ष अनिश ह्योंगोले मण्डला धिमे खल:को परिचय दिँदै समाजका पुराना लोप हुन लागेका बाजा र संस्कृतिलाई बुझ्दै नयाँ पुस्तालाई सिकाउँदै संरक्षण गर्ने खल:को उद्देश्य रहेको बताए ।

कार्यक्रमका सभापति पुर्व अध्यक्ष सबिन कोजूले धिमे बाजा प्रशिक्षार्थीहरु र त:मुज्यामा प्रस्तुति लान सहयोग गरेका कलाकार र सहयोगी साथिहरुलाई धन्यवाद टक्र्याए । कार्यक्रमका प्रमुख अतिथी, अतिथि एवंम सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे। कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रमाण पत्र र धन्यवाद पत्र हस्तान्तरण गरेको थियो । कार्यक्रम सञ्चालन सदस्य सबिता कोजूले गरे र कार्यक्रममा सदस्य सोना सुवालले सम्पूर्णलाई स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 10 August 2024