सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौं, साउन २४ । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो ।

बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रेको भन्दै सतर्क रहन भनेको थियो ।

राति वर्षा भए पनि ठूलो क्षतिको जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी प्रवक्ता एवम् डिएसपी निरञ्जन भट्टराईले सामान्य बाढी-पहिरो आउने क्रम जारी रहे पनि मानवीय र भौतिक क्षति नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट