सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौं, साउन २४ । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो ।

बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रेको भन्दै सतर्क रहन भनेको थियो ।

राति वर्षा भए पनि ठूलो क्षतिको जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी प्रवक्ता एवम् डिएसपी निरञ्जन भट्टराईले सामान्य बाढी-पहिरो आउने क्रम जारी रहे पनि मानवीय र भौतिक क्षति नभएको बताए ।

Published Date: 08 August 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग