रास्वपाद्वारा विधान संशोधनका लागि सुझाव माग

रास्वपाद्वारा विधान संशोधनका लागि सुझाव माग : Icon Khabar

काठमाडौँ, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ।

विधानको मौजुदा व्यवस्था हेरफेर, भाषागत त्रुटि हटाउन रास्वपाले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको छ।

कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।

विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक, शुभेच्छुकहरूलाई सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ।

अनलाइनमार्फत सुझाव प्रस्तुत गर्न सकिने रास्वपाले जनाएको छ। भदौ मसान्तभित्र कार्यदललाई विधान संशोधनको प्रतिवेदन बुझाउन भनिएकाले साउनभित्र सुझाव दिन रास्वपाले आग्रह गरेको छ।

रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो।

Published Date: 08 August 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग