रास्वपाद्वारा विधान संशोधनका लागि सुझाव माग

रास्वपाद्वारा विधान संशोधनका लागि सुझाव माग : Icon Khabar

काठमाडौँ, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ।

विधानको मौजुदा व्यवस्था हेरफेर, भाषागत त्रुटि हटाउन रास्वपाले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको छ।

कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।

विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक, शुभेच्छुकहरूलाई सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ।

अनलाइनमार्फत सुझाव प्रस्तुत गर्न सकिने रास्वपाले जनाएको छ। भदौ मसान्तभित्र कार्यदललाई विधान संशोधनको प्रतिवेदन बुझाउन भनिएकाले साउनभित्र सुझाव दिन रास्वपाले आग्रह गरेको छ।

रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)