बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २४ । सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २४ क्यारेट (छापावाल) सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार २४ क्यारेट (छापावाल) सुनकोे भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १६ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १७ सय १० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९३.८४ डलरमा र चाँदी प्रतिऔंस २६.८९ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 08 August 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग