एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना: छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना: छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन : Icon Khabar
तस्बिर: नेपाल प्रहरी

काठमाडौं, साउन २४ । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।

आयोगले काम सुरु गरेको ३० दिनमा प्रतिवेदन बुझाउने जनाईएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जना चिनियाँ नागरिकसहित पाइलट अरुण मल्लको मृत्यु भएको थियो ।

Published Date: 08 August 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग