एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना: छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना: छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन : Icon Khabar
तस्बिर: नेपाल प्रहरी

काठमाडौं, साउन २४ । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।

आयोगले काम सुरु गरेको ३० दिनमा प्रतिवेदन बुझाउने जनाईएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जना चिनियाँ नागरिकसहित पाइलट अरुण मल्लको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2024
Website | + posts