गाँजा तथा ब्राउन सुगरसहित ३ जना पक्राउ

गाँजा तथा ब्राउन सुगरसहित ३ जना पक्राउ : Icon Khabar

बर्दिबास, साउन २४ । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधवार (हिजो) अपराह्न ५ बजेतिर बर्दिबास १ स्थित पूर्वपश्चिम लोक मार्ग दक्षिण भवसी खोला आसपासबाट ६ क्विन्टल ११ किलो तयारी गाँजासहित भारत मोतीहारी ग्राम पञ्चायत कुरिया गाउँका २५ वर्षीय गुड्डु कुमार यादव, २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरेको हो ।

बर्दिबास १ स्थित सिन्धुली चोकबाट २ ग्राम ३३० मिलिग्राम तौल बराबरको खैरो हिरोइन (ब्राउन सुगर) सहित धनुषा जानकीनन्दनी गाउँपालिका ५ खजुरी महुवाका १९ वर्षीय ओम महरालाई समेत पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए।

बा.प्रा ०३–००१ ख २८३२ नम्बरकाे मिनी ट्रकबाट उक्त गाँजा बरामद गरिएको हो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अनुसन्धान कारबाही अघि बढाएको छ । बरामद लागू औषधको बजार मूल्य एक करोडभन्दा बढी रहेको प्रहरीको भनाई छ ।

Published Date: 08 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक