गाँजा तथा ब्राउन सुगरसहित ३ जना पक्राउ

गाँजा तथा ब्राउन सुगरसहित ३ जना पक्राउ : Icon Khabar

बर्दिबास, साउन २४ । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधवार (हिजो) अपराह्न ५ बजेतिर बर्दिबास १ स्थित पूर्वपश्चिम लोक मार्ग दक्षिण भवसी खोला आसपासबाट ६ क्विन्टल ११ किलो तयारी गाँजासहित भारत मोतीहारी ग्राम पञ्चायत कुरिया गाउँका २५ वर्षीय गुड्डु कुमार यादव, २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरेको हो ।

बर्दिबास १ स्थित सिन्धुली चोकबाट २ ग्राम ३३० मिलिग्राम तौल बराबरको खैरो हिरोइन (ब्राउन सुगर) सहित धनुषा जानकीनन्दनी गाउँपालिका ५ खजुरी महुवाका १९ वर्षीय ओम महरालाई समेत पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए।

बा.प्रा ०३–००१ ख २८३२ नम्बरकाे मिनी ट्रकबाट उक्त गाँजा बरामद गरिएको हो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अनुसन्धान कारबाही अघि बढाएको छ । बरामद लागू औषधको बजार मूल्य एक करोडभन्दा बढी रहेको प्रहरीको भनाई छ ।

Published Date: 08 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास