सूर्योदय स्कुलमा स्काउट दीक्षान्त कार्यक्रम सम्पन्न

सूर्योदय स्कुलमा स्काउट दीक्षान्त कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २० । सूर्योदय सेकेण्डरी स्कुल, खँचा (हनुमानघाट) मा स्काउट विद्यार्थीहरूको दीक्षान्त तथा स्कार्फ वितरण कार्यक्रम सम्पन्न भयो।

विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उप-प्रमुख तथा स्थानिय स्काउट प्रमुख रजनी जोशीले स्काउट शिक्षाको महत्त्व तथा भक्तपुर नगरपालिकाले विविध कार्यक्रमहरू बारे चर्चा गरेकी थिइन्।

कार्यक्रममा विशेष अतिथि नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, विद्यालयका सञ्चालक महेन्द्रगोपाल कर्माचार्य, भनपाका स्थानिय आयुक्त बालकृष्ण बनमाला, नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य रत्ना चवाल, स्काउट प्रशिक्षक रूषा शाक्य, श्रेया कर्माचार्य, विद्यालयका सह प्रिन्सिपल जयप्रकाश तामाङ, अभिभावक प्रतिनिधि गङ्गाबहादुर सुनुवारलगायतले स्काउट शिक्षा र विद्यालया कृयाकलापहरूबारे भनाइ राखेका थिए।

सो कार्यक्रम मार्फत स्कुलका जम्मा १३८ जना विद्यार्थीहरू दीक्षित भएको विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता