बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नं १’ को निर्माण हुने

बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नं १’ को निर्माण हुने : Icon Khabar

काठमाडौं, साउन २० । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलूक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहने छ । फस्टलूकमा कक्षा कोठाको लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उनको पृष्ठभूमिमा नीलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहने छ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पूरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

Published Date: 04 August 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न