डेंगु परीक्षणका लागि ६०० रूपैयाँ भन्दा बढि नलिन निजी अस्पताललाई निर्देशन

डेंगु परीक्षणका लागि ६०० रूपैयाँ भन्दा बढि नलिन निजी अस्पताललाई निर्देशन : Icon Khabar

तनहुँ, साउन २० । तनहुँको व्यास नगरपालिकाले डेंगु परीक्षणका लागि बढीमा ६०० रूपैयाँमात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको छ।

नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँ शुल्क लिन निर्देशन दिएको हो।

प्रादेशिक डेंगी रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशको गत असार २७ गते बसेको बैठकले सम्पूर्ण प्रयोगशालाका लागि डेंगीको द्रुत परीक्षणको शुल्क निर्धारण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

‘तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ,’ उनले भने। पछिल्लो समय डेंगी सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ।

नगरपालिकाले डेंगी नियन्त्रणका लागि विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। गत आर्थिक वर्षमा नगरपालिका डेंगीले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालयस्तरमा अभिमुखीकरण थालेको हो।

वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेंगी रोगका सङ्क्रमित देखिन सुरु भइसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेंगी नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको सोतीले बताए।

‘स्वास्थ्य शाखाका कर्मचारीले विद्यालयस्तरमा पुगेर विद्यार्थीलाई यस रोगका बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका छन्,’ उनले भने। – रासस

Published Date: 04 August 2024
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो