राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई अनुसरण नगेर शिथिलता कायमै रहने

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई अनुसरण नगेर शिथिलता कायमै रहने : Icon Khabar

काठमाडौँ, साउन २० । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित चालू आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमाथि नीजि क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नीजि क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए ।

उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए । निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भए पनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने गभर्नर अधिकारीको भनाइ छ ।

Published Date: 04 August 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न