कतारी राजाको नेपाल भ्रमणमा नेपाल सरकारको साढे दुई करोड खर्च

कतारी राजाको नेपाल भ्रमणमा नेपाल सरकारको साढे दुई करोड खर्च : Icon Khabar

काठमाडौं, साउन १७ । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको पाइएको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको देखिएको हो ।

अर्थ मन्त्रायका अनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।
राष्ट्रपति कार्यालयलाई सो रकम बराबरको थप बजेट रकमान्तर भएको देखिएको छ ।

परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको छ ।

यसरी दुई निकायका नाममा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । ११ बैशाख २०८१ मा कतारका राजा दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका थिए । – श्रोत: अनलाइन खबर

Published Date: 01 August 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी