कतारी राजाको नेपाल भ्रमणमा नेपाल सरकारको साढे दुई करोड खर्च

कतारी राजाको नेपाल भ्रमणमा नेपाल सरकारको साढे दुई करोड खर्च : Icon Khabar

काठमाडौं, साउन १७ । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको पाइएको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको देखिएको हो ।

अर्थ मन्त्रायका अनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।
राष्ट्रपति कार्यालयलाई सो रकम बराबरको थप बजेट रकमान्तर भएको देखिएको छ ।

परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको छ ।

यसरी दुई निकायका नाममा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । ११ बैशाख २०८१ मा कतारका राजा दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका थिए । – श्रोत: अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित