विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग सांसद सुवालको माग

विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग सांसद सुवालको माग : Icon Khabar

काठमाडौँ, साउन १५ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन।

सम्पत्तिको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानून बनाउन जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले सो व्यवस्था भए न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुवालले धनीहरुको सम्पत्ति सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिए ।

Published Date: 30 July 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै