हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा (तस्बिरहरु)

टुरिजम मार्केटदेखि हनुमानघाटसम्म पुरै जलमग्न

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा (तस्बिरहरु) : Icon Khabar

भक्तपुर, साउन १६ । बर्षाले हनुमन्ते खोलाको जल सतह बढेपछी भक्तपुरको ब्रहमायणी, महेश्वरी, हनुमानघात, चुपिंगघात, राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, टुरीजममार्केट, बाराहीस्थान, मंगलतिर्थ, ज्ञान तारा स्कुल, श्री शारदा प्राथमिक विद्यालय लगायतका थुप्रै स्थानहरु डुबानमा परेका छन् ।

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको छ । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलो पटक धेरै क्षति पुर्‍याएको हो ।

हरेक बर्ष यी स्थानहरु डुबान मा पर्दै आएका छन् तर दिगो समाधानका उपाय भने अपनाएको देखिंदैन। वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
37
+1
4
+1
3
+1
3
Published Date: 31 July 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध