एक वर्षमा २ लाख ४५ हजार विदेशी पर्यटकहरुद्वारा भक्तपुर अवलोकन

एक वर्षमा २ लाख ४५ हजार विदेशी पर्यटकहरुद्वारा भक्तपुर अवलोकन : Icon Khabar

भक्तपुर, साउन १३ । भक्तपुर घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार आ.व. २०८०।८१ मा मात्र २ लाख ४५ हजार ५९३ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरमा आन्तरिक तथा विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै यहाँ पर्यटकहरुको चहलपहल बढेको छ । नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्द्वनमा विशेष जोड दिदै आएको छ ।

भक्तपुरमा पर्यटकहरुको चहलपहल बढेसंगै भक्तपुर संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ भन्दा अत्युक्ति नहोला ।तथ्यांकगत रुपबाट हेर्ने हो भने आर्थिक वर्ष २०८०।८१ मा २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । त्यसमध्ये १ लाख १६ हजार ४०१ जना (गैरसार्क) र १ लाख २९ हजार १९२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् ।

गत आर्थिक वर्ष २०७९।८० को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । सोही आ.व. मा गैर सार्क ८६ हजार ३ सय ३४ जना र सार्क राष्ट्र र चीनका ८१ हजार ३ सय १८ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ ।

आ.व.२०७९÷८० को तुलनामा आ.व. २०८०।८१ मा ७७ हजार ९४१ जना पर्यटक संख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ३० हजार ६७ जना र सार्क र चीनका ४७ हजार ८७४ जना पर्यटकहरु रहेका छन् । गत आव.को तुलनामा यस आ.वमा ४६।४९ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो ।

आ.व. २०८०।८१ मा पर्यटन शुल्कबाट भक्तपुर नपाले रु. २७ करोड ४५ लाख भन्दा बढी रुपैयाँ संकलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ६ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको छ ।
गत आ.व. २०७९÷८० मा रु. १८ करोड ४० लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।

आ.व.२०७९÷८० को तुलनामा यस आ.व. २०८०÷८१ मा रु. ९ करोड १ लाख ४७ हजार ७६० भन्दा बढी पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार आ.व. २०८०।८१ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरु भक्तपुर घुम्न आएका छन् । भारतबाट मात्रै ८७ हजार ७९८ जना पर्यटकहरु नेपाल आएका छन् । त्यसपछि चीनबाट सबैभन्दा बढी पर्यटक भक्तपुर घुम्न आएको देखिन्छ । चीनबाट करिब ४० हजार ४०१ जना पर्यटकहरु भक्तपुर घुम्न आएका छन् ।

त्यस्तै संरा अमेरिकाबाट १३,२३०, जर्मनीबाट ११७०५, फ्रान्सबाट १०३२२, इटालीबाट ७९४६, स्पेनबाट ६६८१, जापानबाट ६१७०, इंगल्याण्डबाट ६०६६, हल्याण्डबाट ४२०७, ताइवानबाट ३१५१, अर्जेन्टिनाबाट ८४३, अष्ट्रेलियाबाट ३९३०, पोल्याण्डबाट २६०३, रसियाबाट २५३६, दक्षिण कोरियाबाट २१७५, थाइल्याण्डबाट २०८२, मलेसियाबाट २०६०, बेल्जियमबाट २०१२, क्यानडाबाट १८१४, स्वीट्जरल्याण्डबाट १७१०, मेक्सिकोबाट १३९२, अष्ट्रियाबाट १३४७, ग्रीसबाट १२८२, इजरायलबाट १२६२, ब्राजिलबाट १२५१, चेकबाट ११४७, सिंगापुरबाट १०९६, डेनमार्कबाट ८१२, हंगेरीबाट ७७०, स्वीडेनबाट ७०६, पोर्चुगलबाट ७००, न्युजिल्याण्डबाट ५९३, नर्वे ५१८, आयरल्याण्डबाट ४५२, चिलीबाट ४३७, फिनल्याण्ड ३९५, दक्षिण अफ्रिकाबाट ३२५, आइसल्याण्डबाट १४३, र टर्कीबाट १६६६ र अन्य देशबाट ९८५८ गरी २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरुले भक्तपुर घुम्न आएको तथ्यांकले प्रष्ट पार्छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई रु. ५००।– शुल्क संकलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ ।

शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ । भक्तपुर नपामा हाल दैनिक औसतमा ४÷५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2024
Website | + posts