आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १३ । आइतबार नेप्से परिसूचक ११३.४२ विन्दुले बढेर २६८१.५६ अंकमा आएको छ ।

आज १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह सबैभन्दा बढी ९.८९ प्रतिशतले वृद्धि भएको छ । प्रायः सबैजसो वाणिज्य बैंकहरुको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३१८ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र हिमालयन रि इन्सुरेन्स परेका छन् ।

Published Date: 28 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड