काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ अवरुद्ध

काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ अवरुद्ध : Icon Khabar

काठमाडौँ, साउन १३ । पहिरोका कारण काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो ।

मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।

Published Date: 28 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड