देशमा हैजाको सङ्क्रमण बढ्दै, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशमा हैजाको सङ्क्रमण बढ्दै, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव : Icon Khabar

काठमाडौं, साउन १३ । ललितपुरमा ७ जना र कैलालीमा ३ जना गरी देशभर १० जनामा हैजा फैलिएको स्वास्थ सेवा विभाग अन्तर्गतको ईपिदिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले बताएका छन् ।

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ मात्र नभई खानेपानी र त्यसको स्रोतको सरसफाइ पनि महत्वपूर्ण रहेको उनको भनाई हो। उनले बताए अनुसार ललितपुरको इनारमा दिशामा भेटिने जीवाणु फेला परेको छ। र त्यो ढलबाट मिसिएको हुनसक्ने अनुमान लगाएका छन्।

हैजा सङ्क्रमण भएको र उपचार नभएको खण्डमा भने मानिसको मृत्यु पनि हुनसक्छ। हैजाको लक्षण भने पातलो तथा चौलानी पानी जस्तै दिसा, बान्ता र वाकवाकी हुनु हो।

Published Date: 28 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक