देशमा हैजाको सङ्क्रमण बढ्दै, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशमा हैजाको सङ्क्रमण बढ्दै, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव : Icon Khabar

काठमाडौं, साउन १३ । ललितपुरमा ७ जना र कैलालीमा ३ जना गरी देशभर १० जनामा हैजा फैलिएको स्वास्थ सेवा विभाग अन्तर्गतको ईपिदिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले बताएका छन् ।

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ मात्र नभई खानेपानी र त्यसको स्रोतको सरसफाइ पनि महत्वपूर्ण रहेको उनको भनाई हो। उनले बताए अनुसार ललितपुरको इनारमा दिशामा भेटिने जीवाणु फेला परेको छ। र त्यो ढलबाट मिसिएको हुनसक्ने अनुमान लगाएका छन्।

हैजा सङ्क्रमण भएको र उपचार नभएको खण्डमा भने मानिसको मृत्यु पनि हुनसक्छ। हैजाको लक्षण भने पातलो तथा चौलानी पानी जस्तै दिसा, बान्ता र वाकवाकी हुनु हो।

Published Date: 28 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास