सिन्धुपाल्चोक जिल्लामा भारी वर्षा, बाढी पहिरो आउन सक्ने हुनाले सतर्क रहन आग्रह

सिन्धुपाल्चोक जिल्लामा भारी वर्षा, बाढी पहिरो आउन सक्ने हुनाले सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौँ, साउन १३ । उत्तरी सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो २४ घन्टामा १४१. ४ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै ढुंगेमा १२०.८, तारामाराङमा ८२.८, बोल्देमा ७५.६ मिलिमिटर वर्षा भएको छ। पूर्वी सिन्धुपाल्चोकको घुम्थाङमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ९३.३ मिलिमिटर वर्षा भएको छ।

छिल्लो २४ घन्टामा १००.६, बेसीसहरमा १०२.२, घारेढुंगामा ८६.२ र उत्तरी गोखराको बारपाकमा ८३.२ मिलिमिटर वर्षा भएको छ।

बाढी सूचना केन्द्रले यी स्थान भएर बग्ने नदी, खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम औंल्याएको छ। यी स्थानमा पहिरोसमेत जान सक्ने खतरा रहेकाले सतर्क रहन भनेको छ।

Published Date: 28 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड