आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न

आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १३ । आदर्श आजाद कलेज, भीमसेनस्थान, भक्तपुरमा स्नातक तह बी.एड. चौथो वर्षका विद्यार्थीहरूको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयका एक गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीका प्रमुख अतिथि कलेजका प्राचार्य श्रीकृष्ण किसिले गल्तिबाट सुधार्दै सिक्ने महत्त्वमा जोड दिँदै परियोजना कार्यमा प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए। उनले भने, “हाम्रो परियोजना कार्यले देश र समाजलाई सहयोग गर्ने खालको हुनुपर्छ।”

गोष्ठीको सभापतित्व विषय शिक्षक कर्णबहादुर प्रजापतिको थियो। त्रि.वि.बाट बाह्य परीक्षकका रूपमा मान सि. महरा र अन्य शिक्षकहरू, आशाकुमार चिकंबञ्जार र प्रेमजन थापाले विद्यार्थीहरूले प्रस्तुत गरेका प्रतिवेदनहरूमाथि टिप्पणी गरे।

विद्यार्थीहरूले आरती त्वानाबासु, सुविना केसी, रश्मी छुस्याबाग, दिलकुमारी लिम्बु, हेमा कुमारी सार्की, मिनाकुमारी लिम्बु, कविना प्रजापति, चण्डिका तामाङ, सोनियामाया तामाङ, सरिता तामाङ, र लक्ष्मीकुमारी शाहले आफ्नो परियोजना कार्यको प्रतिवेदन प्रस्तुत गरे।

गोष्ठीले जनसंख्या शिक्षामा योगदान पुराउने उद्देश्य राखेको थियो र विद्यार्थीहरूको सक्रिय सहभागिताले यसलाई सफल बनायो।

Published Date: 28 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास