आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न

आदर्श आजाद कलेजमा जनसंख्यासम्बन्धी गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १३ । आदर्श आजाद कलेज, भीमसेनस्थान, भक्तपुरमा स्नातक तह बी.एड. चौथो वर्षका विद्यार्थीहरूको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयका एक गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीका प्रमुख अतिथि कलेजका प्राचार्य श्रीकृष्ण किसिले गल्तिबाट सुधार्दै सिक्ने महत्त्वमा जोड दिँदै परियोजना कार्यमा प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए। उनले भने, “हाम्रो परियोजना कार्यले देश र समाजलाई सहयोग गर्ने खालको हुनुपर्छ।”

गोष्ठीको सभापतित्व विषय शिक्षक कर्णबहादुर प्रजापतिको थियो। त्रि.वि.बाट बाह्य परीक्षकका रूपमा मान सि. महरा र अन्य शिक्षकहरू, आशाकुमार चिकंबञ्जार र प्रेमजन थापाले विद्यार्थीहरूले प्रस्तुत गरेका प्रतिवेदनहरूमाथि टिप्पणी गरे।

विद्यार्थीहरूले आरती त्वानाबासु, सुविना केसी, रश्मी छुस्याबाग, दिलकुमारी लिम्बु, हेमा कुमारी सार्की, मिनाकुमारी लिम्बु, कविना प्रजापति, चण्डिका तामाङ, सोनियामाया तामाङ, सरिता तामाङ, र लक्ष्मीकुमारी शाहले आफ्नो परियोजना कार्यको प्रतिवेदन प्रस्तुत गरे।

गोष्ठीले जनसंख्या शिक्षामा योगदान पुराउने उद्देश्य राखेको थियो र विद्यार्थीहरूको सक्रिय सहभागिताले यसलाई सफल बनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित