आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १३ । आइतबार सुनको मूल्य बढेको छ । आज प्रतितोला रू एक हजारले बढेको हो।

शुक्रबार छापावाला सुन १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने तोलामा १ हजार रुपैयाँ बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ तोकेको छ ।

Published Date: 28 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड