भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : Icon Khabar

काठमाडौं, साउन १३ । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

प्रहरी निरीक्षक शर्माका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् । उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Published Date: 28 July 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली