भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : Icon Khabar

काठमाडौं, साउन १३ । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

प्रहरी निरीक्षक शर्माका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् । उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
0
+1
0
+1
1
Published Date: 28 July 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)