मिर्गौला पत्थरीको समस्या छ ? यी खानेकुराहरु नखानुस

मिर्गौला पत्थरीको समस्या छ ? यी खानेकुराहरु नखानुस : Icon Khabar

काठमाडौँ, साउन ११ । मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ ।

मिर्गौलाको पत्थरीको उपचार गरिएन भने मिर्गौलाको कार्य क्षमता कम हुँदै जान्छ र मिर्गौला फेल पनि हुन सक्छ । हाम्रो खानपानले पत्थरीमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले मिर्गौलाको पत्थरी भएका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ भनेर स्वास्थ्य विज्ञहरू भन्छन् । पत्थरीको आकार नबढोस् भनेर मिर्गौलाको पत्थरी भएका बिरामीहरूलाई सामान्यतया स्वस्थ र सन्तुलित आहार खान सल्लाह दिइन्छ ।

यिनीहरूलाई बढी नुन र माछा मासुको सेवनबाट पनि टाढा रहन सल्लाह दिइन्छ । यसबाहेक अमिलो खानेकुराको सेवन पनि कम गर्न भनिन्छ । मिर्गौलामा पत्थरी भएका मानिसहरूले प्रशस्त पानी पिउनुपर्छ । कहिलेकाहीँ चाहिँ पत्थरी सानो आकारको छ भने पिसाबबाट बाहिर निस्कन सक्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा पानी हुनु अति आवश्यक हुन्छ । आजको यस लेखमा हामीहरू मिर्गौलामा पत्थरी भएका बिरामीहरू छुनै नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:

आहारविज्ञका अनुसार बढी नुनको सेवनले मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । जङ्क फुडमा नुनको मात्रा धेरै हुन्छ, जसका कारण जङ्क फुड र अन्य नुनिलो खानेकुराबाट टाढा रहनुपर्छ ।

धेरै प्रोटिन भएको खानाले पनि मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । विशेष गरी पशुबाट पाइने प्रोटिनहरू जस्तै: अण्डा, मासु, माछा र अन्य ननभेज खानेकुराहरू खानु हुन्न । प्रोटिनले युरिक एसिड बढाउँछ, जसले पत्थरीको समस्या बढाउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमताका लागि सिट्रस फलफूललाई रोग फाइदाजनक मानिन्छ । तर मिर्गौलामा पत्थरी भएका बिरामीले यी खानेकुरा सीमित मात्रामा मात्र खानुपर्छ । सिट्रस फलफूलमा भिटामिन सी हुन्छ । यसको अधिक मात्राले अक्सलेट उत्पादन बढ्छ जसका कारण मिर्गौलामा पत्थरी बढ्छ ।

मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिहरूले पालुङ्गो खानु हुन्न । यसमा अक्सालिक एसिडको मात्रा बढी हुन्छ, जो शरीरमा अक्सालेटमा परिणत हुन्छ । यसका कारण मिर्गौलामा पत्थरी बन्न सक्छ ।

मिर्गौलाको पत्थरी भएका बिरामीले हलुका पेय पदार्थ र इनर्जी ड्रिङ्कको सेवन टाढा रहनुपर्छ । यी पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ जसले मिर्गौलाको पत्थरीलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा हलुका पेय पदार्थ सकेसम्म कमै मात्र सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
Published Date: 26 July 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो