मिर्गौला पत्थरीको समस्या छ ? यी खानेकुराहरु नखानुस

मिर्गौला पत्थरीको समस्या छ ? यी खानेकुराहरु नखानुस : Icon Khabar

काठमाडौँ, साउन ११ । मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ ।

मिर्गौलाको पत्थरीको उपचार गरिएन भने मिर्गौलाको कार्य क्षमता कम हुँदै जान्छ र मिर्गौला फेल पनि हुन सक्छ । हाम्रो खानपानले पत्थरीमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले मिर्गौलाको पत्थरी भएका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ भनेर स्वास्थ्य विज्ञहरू भन्छन् । पत्थरीको आकार नबढोस् भनेर मिर्गौलाको पत्थरी भएका बिरामीहरूलाई सामान्यतया स्वस्थ र सन्तुलित आहार खान सल्लाह दिइन्छ ।

यिनीहरूलाई बढी नुन र माछा मासुको सेवनबाट पनि टाढा रहन सल्लाह दिइन्छ । यसबाहेक अमिलो खानेकुराको सेवन पनि कम गर्न भनिन्छ । मिर्गौलामा पत्थरी भएका मानिसहरूले प्रशस्त पानी पिउनुपर्छ । कहिलेकाहीँ चाहिँ पत्थरी सानो आकारको छ भने पिसाबबाट बाहिर निस्कन सक्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा पानी हुनु अति आवश्यक हुन्छ । आजको यस लेखमा हामीहरू मिर्गौलामा पत्थरी भएका बिरामीहरू छुनै नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:

आहारविज्ञका अनुसार बढी नुनको सेवनले मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । जङ्क फुडमा नुनको मात्रा धेरै हुन्छ, जसका कारण जङ्क फुड र अन्य नुनिलो खानेकुराबाट टाढा रहनुपर्छ ।

धेरै प्रोटिन भएको खानाले पनि मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । विशेष गरी पशुबाट पाइने प्रोटिनहरू जस्तै: अण्डा, मासु, माछा र अन्य ननभेज खानेकुराहरू खानु हुन्न । प्रोटिनले युरिक एसिड बढाउँछ, जसले पत्थरीको समस्या बढाउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमताका लागि सिट्रस फलफूललाई रोग फाइदाजनक मानिन्छ । तर मिर्गौलामा पत्थरी भएका बिरामीले यी खानेकुरा सीमित मात्रामा मात्र खानुपर्छ । सिट्रस फलफूलमा भिटामिन सी हुन्छ । यसको अधिक मात्राले अक्सलेट उत्पादन बढ्छ जसका कारण मिर्गौलामा पत्थरी बढ्छ ।

मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिहरूले पालुङ्गो खानु हुन्न । यसमा अक्सालिक एसिडको मात्रा बढी हुन्छ, जो शरीरमा अक्सालेटमा परिणत हुन्छ । यसका कारण मिर्गौलामा पत्थरी बन्न सक्छ ।

मिर्गौलाको पत्थरी भएका बिरामीले हलुका पेय पदार्थ र इनर्जी ड्रिङ्कको सेवन टाढा रहनुपर्छ । यी पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ जसले मिर्गौलाको पत्थरीलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा हलुका पेय पदार्थ सकेसम्म कमै मात्र सेवन गर्नुपर्छ ।

Published Date: 26 July 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न