आजदेखि नयाँ नेपाली फिल्महरु ‘ईश्वर’ तथा ‘ब्ल्याक छायाँ’ प्रदर्शनमा

आजदेखि नयाँ नेपाली फिल्महरु ‘ईश्वर’ तथा ‘ब्ल्याक छायाँ’ प्रदर्शनमा : Icon Khabar

काठमाडौं, साउन ११ । आज साउन ११ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘ईश्वर’ तथा ‘ब्ल्याक छायाँ’ प्रदर्शनमा आएका छन् ।

राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ मा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङ आदि कलाकारले असभिनय गरेका छन् । पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी अभिनेत्री अनु शाहले पाँच वर्षपछि ‘ईश्वर’ मार्फत अभिनयमा कमव्याक गरेकी छिन् ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको लगानी छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ ।

यसैगरी आजैदेखि लंका फिल्म प्रालिको व्यानरमा निर्मित फिल्म ‘ब्ल्याक छायाँ’ पनि प्रदर्शनमा आएको छ । माया, प्रेम र सस्पेन्स थ्रिलरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको यो फिल्मको निर्देशन आरएल लामा मोक्तानले गरेका छन् । यो फिल्मका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’ तथा आर.सोनाम मोक्तान हुन् ।

यो फिल्ममा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, सोभित बस्नेत, रविन्द्र झा, निमा दोर्जे मोक्तान, आरएल लामा मोक्तान आदि कलाकारले अभिनय गरेका छन् । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँको सहनिर्मातामा शोसिका तामाङ, ‘रजनी’, श्याम बहादुर मोक्तान ‘डेबिट’ रहेका छन् । यो फिल्मको छायांकन सञ्चु थोकर लामाले गरेका हुन् ।

Published Date: 26 July 2024


ताजा
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज सोमबारको राशिफल
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग