काठमाडौँ, असार ३० । आइतबार नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७.५९ विन्दुमा पुगेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ९६ हजार २७४ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर काराबार भएको छ।
Published Date: 14 July 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1