एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त : Icon Khabar

काठमाडौँ, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको छ । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2024
Website | + posts