डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो

डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो : Icon Khabar

न्यूयोर्क, असार ३० । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।

पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन् ।

एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता