नवौं एक्सेल्सियर कप आजदेखि सुरु

नवौं एक्सेल्सियर कप आजदेखि सुरु : Icon Khabar
एक्सेल्सियर कपको उद्घाटनका अवसरमा क्रिक्सलको उद्घाटन गर्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का

काठमाडौं, माघ १९ । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा पारसले स्वयम्भूस्थित एक्सेल्सियरकै हातामा नवनिर्मित क्रिकेटको अभ्यासस्थल ‘क्रिक्सल’ को पनि उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र नेपालयले विजयी सुरुआत गरेका छन् । रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२–२८ ले पराजित गर्यो । रेडिअन्टको जितमा सन्तोष शर्माले १२ अंक योगदान गरे । आयुश राईको १२ अंक सहयोगमा एमआईएसले पुष्पसदनलाई २१–२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५–२ ले पाखा लगायो । नेपालयका निश्चल भण्डारीले ७ स्कोर गरे ।

गल्र्स बास्केटबलमा संस्कृतिले द चाँदबाग स्कुललाई २५–६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७–६ र एमआईएसले न्यु इरालाई १७–६ ले पन्छाए । संस्कृतिकी रियाना महर्जनले ७, रिब्सकी हुमा लिम्बूले ४ र एमआईएसकी प्राची सिंहले ९ अंक जोडे ।

ब्वाइज फुटबलको यु–१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २–१ गोलले पराजित ग¥यो । संस्कृतिका रोजोल खतिवडा र सौरव कृष्णले १–१ गोल गरे । रेडिअन्टका रिजन बख्रालले १ गोल फर्काए । स्वस्तिश्रीले दोहोरो जित आत्मासात् गर्यो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १–० को कठिन जित दर्ता ग¥यो । दिपसिङनर महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा स्वस्तिश्रीले काभ्यालाई ३–० गोलले पराजित ग¥यो । विजेताका रिजन गुरुङले २ गोल गरे भने १ गोल आत्मघाती रह्यो ।

ब्वाइज फुटबलकै यु–१६ मा एनआईसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआईसीले काभ्यामाथि ६–० को सहज जित रच्यो । एनआईसीका अनिश जोशीले ४ तथा वाङगेल गुरुङले २ गोल गरे । होली भिजनले हार्टल्यान्डलाई ५–४ गोलले पराजित ग¥यो । होली भिजनका प्रयासले ४ तथा सुशान्तले १ गोल गरे । हार्टल्यान्डका अनिश रोजराले २ तथा विकास गुरुङ र करन लामाले १–१ गोल गरे ।

फाइभ ए साइड फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।

Published Date: 02 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न