नेपाली तेक्वान्दो टोली यूएईतर्फ

नेपाली तेक्वान्दो टोली यूएईतर्फ : Icon Khabar

काठमाडौँ, माघ १९ । आगामी फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् ।

टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र केन्द्रीय सदस्य तथा प्रवक्ता साम्राज्यविक्रम पाण्डेले बिदाइ गरे । राणाले खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रको गरिमा उँचो बनाउन आग्रह गरे ।

‘देशको नाम संसारमा चिनाउने काम खेलाडीले गर्दै आएका छन् । यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उँचो बनाउन सबै खेलाडीलाई आग्रह गर्दछु’, अध्यक्ष राणाले भने । बिदाइ कार्यक्रममा संघका प्रवक्ता पाण्डेले पनि सफलताको शुभकामना दिएका थिए ।

Published Date: 02 February 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै