जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट २ जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट २ जना पक्राउ : Icon Khabar

भक्तपुर, माघ २० । भक्तपुर सूर्यविनायक नगरपालिका–९ ननखेल लाकुरी भञ्ज्याङको बन्देश्वरी जङ्गलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मुगुकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने सोरु गाउँपालिका मुगुका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुर बाँसबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी राजु पाण्डेले ‘बलात्कारको आरोपमा’ पक्राउ परेको बताए । त्यस्तै, सोही जंगलमा अर्की महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अर्का पुरुष पक्राउ परेका छन् । हुम्ला अडांचुली गाउँपालिका वडा नं १ का १९ वर्षीय गगन परियार हाल भक्तपुरको डोकेचा बस्दै आएकी मुगुकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने ३ भक्तपुर बाँसबारीबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनी पनि फरार थिए । गगन परियारलाई भक्तपुर प्रहरीले जगतीबाट पक्राउ गरी अनुसन्धानका लागि प्रहरी वृत्त जगती भक्तपुरमा राखेको सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?