साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने

साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने : Icon Khabar

भक्तपुर, असार २८ । साइकल कनेक्ट भक्तपुरले यहि साउन ५ गते हुने कोरा भक्तपुरलाई लक्षित गर्दै साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने भएको छ।

यहि असार ३० गते आइतबारका दिन दिउँसो ४ बजे लिवालीको बालविकास स्कुलमा सो अन्तरक्रिया गर्न लागेको हो। बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा विभिन्न व्यक्तित्वले आफ्नो क्षेत्रको विचार आदान प्रदान गर्ने पनि जनाइएको छ।

जस अन्तर्गत व्यवसायी सम्बन्धि चर्चा परिचर्चा गर्न कृष्ण भक्त दुवाल, वातावरणका लागि कमला राज गोसाई, महिला विचारका लागि दया लक्ष्मी श्रेष्ठ, पर्यटनका लागि दिपेशराज शर्मा, स्थानिय संस्कृति तथा युवाका लागि प्रेम खर्बुजा, स्वास्थ्य विषयका लागि डा निरब कायस्थ, शिक्षाका लागि कमिनिका न्याइच्याई लगायतका व्यक्तित्व हुनेछन्।

Published Date: 13 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड