साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने

साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने : Icon Khabar

भक्तपुर, असार २८ । साइकल कनेक्ट भक्तपुरले यहि साउन ५ गते हुने कोरा भक्तपुरलाई लक्षित गर्दै साइकल संस्कृतिबारे अन्तरक्रिया गर्ने भएको छ।

यहि असार ३० गते आइतबारका दिन दिउँसो ४ बजे लिवालीको बालविकास स्कुलमा सो अन्तरक्रिया गर्न लागेको हो। बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा विभिन्न व्यक्तित्वले आफ्नो क्षेत्रको विचार आदान प्रदान गर्ने पनि जनाइएको छ।

जस अन्तर्गत व्यवसायी सम्बन्धि चर्चा परिचर्चा गर्न कृष्ण भक्त दुवाल, वातावरणका लागि कमला राज गोसाई, महिला विचारका लागि दया लक्ष्मी श्रेष्ठ, पर्यटनका लागि दिपेशराज शर्मा, स्थानिय संस्कृति तथा युवाका लागि प्रेम खर्बुजा, स्वास्थ्य विषयका लागि डा निरब कायस्थ, शिक्षाका लागि कमिनिका न्याइच्याई लगायतका व्यक्तित्व हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 13 July 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू