भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु : Icon Khabar

भक्तपुर, असार २५ । भक्तपुरमा मंगलबार स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वड़ा नं ७ गुण्डु तिन्धारेस्थित सुवर्नेश्वोरबाट काठमाडौँ वर्ल्ड स्कूलतर्फ जाने बाटोमा दुई स्कूटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सुर्यविनायक नगरपालिका कटुन्जेमा बसोबास गर्दै आएका राजाराम थापाको निधन भएको हो।

दुर्घटनामा परेका अर्का चालक सुर्यविनायक नगरपालिका वडा न. ५ गुन्डु मगर गाउँकी पार्वती नगरकोटीको भने उपचार भैरहेको छ।

दुर्घटनामा परेका दुवै स्कुटी भने घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले बताएको छ।

Published Date: 09 July 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली