भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु : Icon Khabar

भक्तपुर, असार २५ । भक्तपुरमा मंगलबार स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वड़ा नं ७ गुण्डु तिन्धारेस्थित सुवर्नेश्वोरबाट काठमाडौँ वर्ल्ड स्कूलतर्फ जाने बाटोमा दुई स्कूटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सुर्यविनायक नगरपालिका कटुन्जेमा बसोबास गर्दै आएका राजाराम थापाको निधन भएको हो।

दुर्घटनामा परेका अर्का चालक सुर्यविनायक नगरपालिका वडा न. ५ गुन्डु मगर गाउँकी पार्वती नगरकोटीको भने उपचार भैरहेको छ।

दुर्घटनामा परेका दुवै स्कुटी भने घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
37
+1
0
+1
4
+1
3
Published Date: 09 July 2024
Website | + posts