आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २६ । आज २०८१ असार २६ गते बुधबार, तद्अनुसार १० जुलाई २०२४ । आज असार शुक्ल चतुर्थी, व्यतिपात विष्टि/भद्रा मघा, सूर्योदय बिहानः ०५ः १५ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: दौडधूप बढ्ने छ । मेहनत बढी गर्नु पर्नेछ, लाभमा भने कमि आउने छ । स्वास्थ्य कमजोर रहने छ ।

वृष: मान–सम्मान प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । कारोबारमा वृद्धिको योग छ । सामाजिक कार्य गर्न मन लाग्ने छ ।

मिथुन: पुराना साथीभाइसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ ।

कर्कट: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । उपहार प्राप्ति सम्भव छ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

सिंह: शत्रुबाट सावधान रहनु होला । फजूल खर्चमा नियन्त्रण गर्नु होला । लाभको आवसर पाउने छ । विवेकको प्रयोग गर्नु होला ।

कन्या: यात्रा लाभदायक रहने छ । सन्तान पक्षबाट नराम्रो खबर सुन्नु पर्ने हुनसक्छ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । जागिरमा प्रशंसा पाइने छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । योजना पूरा हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । सत्संगको लाभ मिल्ने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । प्रसन्नता कायम रहने छ ।

धनु: चोट अथवा दुर्घटनाबाट हानि हुनसक्छ, सावधान रहनु होला । स्वाभिमानमा ठेस लाग्न सक्छ । नकारात्मकता हावी रहने छ ।

मकर: यात्रा लाभदायक रहने छ । राजकीय सहयोग पाइने छ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । विवेक पुर्याएर कार्य गर्नु होला ।

मीन : पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसंग समय व्यतीत हुनेछ । रचनात्मक कार्य सफल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)